समाचार
सरकारले फिर्ता बोलायो राजदुत
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ती राजदुतहरुलाई कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त...
ट्रम्पको चेतावनी: सम्झौता नमाने इजरायल फेरि गाजामा प्रवेश गर्नेछ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् कि यदि हमासले युद्धविराम सम्झौताको अन्त्यलाई समर्थन गर्न अस्वीकार गर्यो भने उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजामा पुनः सैन्य कारबाही गर्न अनुमति दिने विचार गर्नेछन्। सीएनएनसङ्गको छोटो टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भने, “हमाससँग के भइरहेको छ — त्यो छिट्टै सीधा हुनेछ।...
मधेश प्रदेशसभा सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कानुन राज्यमन्त्री सिंहसहितका व्यक्तिहरूविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो माग गर्दै मुद्दा...
सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलाको २ लाख ५० हजार ९ सय
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्यमा...
बबई सिँचाइ आयोजनाले अमन कन्स्ट्रक्सनसँगको ठेक्का तोड्ने
काठमाडौं । वर्षौदेखि ठेक्का लिएर पनि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कडाइ गर्न थालेको छ । सो क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने निर्णय गर्दै आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले आर्थिक वर्ष २०७७/७८ मा...
आयोग र राजनीतिक दलबीच आज फागुन २१ को निर्वाचन तयारीबारे छलफल
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले बिहान साढे ११ बजे आफ्नो कार्यालय कान्तिपथमा बैठक आयोजना गरेको हो । निर्वाचन आयोगका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरीददर ९१.६८ रुपैयाँ र बिक्रीदर ९२.०७ रुपैयाँ रहेको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२९ रुपैयाँ र...
मन्त्री घिसिङ र जर्मन राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा नेपाल–जर्मनीबिचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित...
कांग्रेसमा ५३ प्रतिशत प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको पहल
काठमाडौँ । नेपाली कांग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि निवेदन बुझाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको निवेदन बुझाइएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा चलाइएको हस्ताक्षर अभियानअन्तर्गत २४ सय ८८ प्रतिनिधिले हस्ताक्षर गरेका थिए। अभियानका नेता गुरुराज घिमिरेका अनुसार...
एमालेले मंसिर २७ देखि २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विशेष प्रस्तावमार्फत मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने सुझाव पेस गरेका हुन्। यसअघि बसेको एमाले सचिवालय बैठकले...










