समाचार
सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जना पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी छन् । जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक जनाको भने पहिचान खुलाएको...
लगानीकर्तामा उत्साह बढ्दै, बजार लगातार हरियालीतर्फ
काठमाडौं । गत सातामा ओरालो यात्रामा लागेको शेयर बजार यो साताको आईतबारदेखि हरीयालीतर्फ अघि बढेको देख्न सकिन्छ । प्रथम त्रैमासको वित्तिय विवरण कुरेर बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका थिए । सो पश्चात् बजार पुन घट्न थालेसँगै बैंकहरुले शेयर धितो कर्जाको ब्याज दर घटाउन थालेसँगै शेयर बजारमा उत्साह...
खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ दर्ता
काठमाडौँ । खगेन्द्र सुनारको नेतृत्वमा गठन भएको हाम्रो पार्टी नेपाल औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। कात्तिक १८ गते दर्ताका लागि निवेदन परेको उक्त दललाई आयोगले आइतबार मान्यता प्रदान गरेको हो। सोमबार मध्याह्न बाजागाजासहित आयोग पुगेका अध्यक्ष सुनार तथा अन्य नेता–कार्यकर्ताले दल दर्ताको प्रमाणपत्र बुझेका छन्। आयोगले हाम्रो...
सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार...
सचिवालयमा नातावाद,जेनजी फ्रन्टले माग्यो श्रेष्ठको बर्खास्ती
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नी पत्नी तथा नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गराएको खुलासा भएपछि नेपाल जेनजी फ्रन्टले कडा रूपमा आपत्ति जनाउँदै तत्काल बर्खास्तीको माग गरेको छ। जेनजी फ्रन्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठले राज्यको संवेदनशील निकायमा नातावाद र कृपावादको...
सहकारी पीडितको ब्यथा नसोच्ने सरकार,आश्वासन मात्रै न्याय कहिले?
काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै शुक्रबारदेखि सहकारी पीडितहरूले आन्दोलन शुरु गरेका छन् । सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा आइतबार आन्दोलन गरेका हुन् । सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि फेरी आन्दोलन गर्नु परेको सहकारी पीडितहरूले बताएका छन् । सरकारले सहकारी पीडितहरुको...
आगामी दुई निर्वाचनका लागि नेपाली कांग्रेस दल दर्ता
काठमाडौँ । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ। आइतबार निर्वाचन आयोगको कार्यालयमा पुगेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आवश्यक सबै प्रक्रिया पूरा गरी दर्ता कार्य सम्पन्न गरिएको जानकारी दिए। कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन...
एमाले नेता महेश बस्नेतमाथि जेनजी युवाद्वारा रातो मसी प्रहार
काठमाडौँ । नेकपा (एमाले) नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार बिहान विराटनगरमा जेनजी युवाहरूले रातो मसी प्रहार गरेका छन्। युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन विराटनगरबाट सुनसरीतर्फ गइरहेका बस्नेतमाथि एयरपोर्ट लाइनको सडकखण्डमा मसी फ्याँकिएको प्रहरीले जनाएको छ। विराटनगर विमानस्थलबाट कार्यक्रमस्थलतर्फ लागिरहेका बस्नेतको गाडी गुडिरहेको क्रममा सडक किनारबाट एक...
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार...
ट्यारिफको धम्कीले आठमध्ये पाँच युद्ध रोकेयो – ट्रम्प
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा गरिएको एक पोस्ट मार्फत आफूले ट्यारिफ (शुल्क) को धम्की प्रयोग गरेर आठमध्ये पाँच सम्भावित युद्ध रोक्न सफल भएको दाबी गरेका छन्।शनिबार राति प्रकाशित पोस्टमा ट्रम्पले ट्यारिफलाई अमेरिकाको प्रमुख कूटनीतिक हतियारका रूपमा चित्रण गर्दै विश्वभरका देशहरूबाट “ट्रिलियनौँ डलर” अमेरिकाले उठाइरहेको र...










