समाचार

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ अन्तर्गत आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। खेल अपराह्न ४ः०० बजेबाट सुरु हुनेछ।सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स उत्कृष्ट फर्ममा छ। टोलीले पाँच खेलमध्ये चारमा जित निकाल्दै ८ अंक जोडेको छ...

बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी

काठमाडौं । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी भएको छ। बजारको एक पसलमा लागेको आगोले उग्र रूप लिएको हो। आगलागि दिउँसो करीब १२ बजेर २० मिनेटदेखि शुरू भएको बताइएको छ। दमकल नहुँदा आगो निभाउन सकस परिरहेको छ भने बजारबासी र प्रहरीहरू मिलेर आगो निभाउने प्रयास भइरहेको छ।

पाकिस्तानद्वारा रावलपिंडीमा प्रतिबन्ध खानको अवस्थामाथि प्रश्न

काठमाडौँ ।पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानको अवस्थाबारे फैलिएको व्यापक अनिश्चितता र अफवाहबीच सरकारले रावलपिंडीमा सबै प्रकारका सभा-जमघटमा कडा प्रतिबन्ध लगाएको छ। पीटीआईले योजना गरेको ठूलो विरोध प्रदर्शनलाई ध्यानमा राख्दै प्रशासनले डिसेम्बर १ देखि ३ सम्म तीन दिनका लागि धारा १४४ लागू गरेको हो। डिप्टी...

घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ...

सर्वोच्चको आदेशपछि मधेस प्रदेशको राजनीतिमा तरंग

काठमाडौं ।सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र प्रदेश सभामा विश्वासको मत लिन परमादेश जारी गरेपछि प्रदेशको राजनीतिक वृत्तमा गम्भीर हलचल पैदा भएको छ। नेपाली कांग्रेससहितका सात दलले असंवैधानिक ढंगले मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६८ रुपैयाँ र बिक्रीदर ९४.०७ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५...

शेयर बजारमा निरन्तर गिरावट, मौद्रिक नीतिको समीक्षा प्रभावहीन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपनि शेयर बजारमा सुधार आउन सकेको छैन । लगानीकर्ता उठाएका माग सम्बोधन हुन नसक्दामा बजार सुधार आएन । जेन जी आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुँजिबजार सुधारका लागि एक समिति गठन...

एयरबस ए-३२०मा सफ्टवेयर समस्या, विश्वभर उडान अवरुद्ध

काठमाडौँ । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन्। अक्टोबर महिनामा जेटब्लूको एक ए–३२० उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो। कम्पनीका अनुसार तीव्र सौर्य विकिरणले...

बालेन शाहका बुवा रामनारायण शाहको सिभिल अस्पतालमा निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह उपचारका क्रममा निधन भएको छ। आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार रामनारायण शाहको पिसाबमा देखिएको संक्रमण शरीरभर फैलिएको थियो। साथै मस्तिष्कमा असर पुगेको र रगत जाम हुने...

राष्ट्र बैंकको त्रैमासिक समीक्षा,व्यक्तिगत र लघुवित्त कर्जा सीमामा वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय क्षेत्रका विभिन्न व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ। समीक्षा अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमा घटाइ ६.०० प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ भने नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा झारिएको छ।...