समाचार
दार्चुलामा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का
काठमाडौं । दार्चुलामा आज बिहानै भूकम्पको धक्का महसूस भएको छ। बिहान ८ बजेर २८ मिनेट जाँदा दार्चुलाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.६ म्याग्निच्यूड मापन भएको छ। यस भूकम्पको धक्का दार्चुलाका आसपासका जिल्लामा पनि महसूस गरिएको छ।
एनपीएलको अन्तिम लिग खेल आज: कर्णाली र जनकपुरबीच प्रतिष्ठाको भिडन्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अन्तिम लिग खेल आज हुँदैछ। आज दिउँसो साढे ३ बजेदेखि शुरू हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। प्लेअफबाट बाहिरिसकेको यी दुई टोली अंक तालिकाको सबैभन्दा मुनि छन्। ६ खेलमा १ मात्र जित हात पारेको कर्णाली तालिकाको सातौं स्थानमा...
त्यसपछि हेटौंडामा सुरु भयो सडक विस्तार कार्य
हेटौँडा । बर्षौदेखि कानुनी झमेला र राजनीतिक अवरोधका कारण रोकिएको हेटौंडाको सडक विस्तार कार्य आजबाट अघि बढेको छ । डिभिजन सडक कार्यालयले स्थानीय प्रशासनको सहयोगमा सडक विस्तार कार्य अघि बढाएको हो । यद्यपी केही व्यक्तिहरुले आफ्नो भौतिक संरचना विशेष गरी घर नभत्काउनु भन्ने अदालतको आदेश भएपनि घर र संरचना...
एनपीएलमा आज दुई खेल, विराटनगरको निर्णायक परीक्षा
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् भने दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने तालिका छ। पहिलो...
बिहानैबाट हेटौंडामा सडक विस्तार कार्य सुरु
डिभिजन सडक कार्यालय हेटौंडाले शनिबार बिहानदेखि सडक विस्तार कार्य सुरु गरेको छ । सुरक्षाकर्मीहरुको व्यापक परिचालनका साथ रेखाकंनभित्र परेका संरचनाहरु हटाउन सुरु गरिएको हो र यो निरन्तर चल्ने डिभिजन सडक हेटौंडाले जनाएको छ । तीन चार ठाउँबाट एकैपटक काम सुरु गरिएको छ। सडक कार्यालयले गत ५ मंसिरमा महेन्द्र राजमार्गको...
नेपाल विद्युत् प्राधिकरणका सात ग्रिड सबस्टेसन पूर्ण रूपमा स्वचालित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आधुनिक, स्मार्ट र भरोसायोग्य विद्युत् प्रणाली निर्माण गर्ने दीर्घकालीन योजनाअनुसार पुराना सातवटा ग्रिड सबस्टेसनलाई पूर्ण रूपमा स्वचालित बनाई सञ्चालनमा ल्याएको छ। पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा सबस्टेसन अब मिनभवनस्थित नयाँ निर्माण गरिएको केन्द्रीय नियन्त्रण कक्षमार्फत सञ्चालन हुँदै आएका छन्।...
भारतभर इन्डिगो उडान संकटमा : दिल्लीमा मात्रै २०० भन्दा बढी उडान रद्द
काठमाडौं ।भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगो पछिल्ला चार दिनयता गम्भीर सेवा अवरोधको सामना गरिरहेको छ जसले देशभरका यात्रुहरूलाई ठूलो मात्रामा प्रभावित पारेको छ। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित बनेको छ । दिल्ली विमानस्थलका अधिकारीहरूका अनुसार शुक्रबार मात्रै १३५ प्रस्थान र ९० आगमन उडान रद्द भएका छन्।...
आसन्न निर्वाचन तयारीमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका तयारी र आवश्यक वातावरण निर्माणका विषयमा आज प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै छ। बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएकाले सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग तथा चारवटै सुरक्षा निकायका प्रमुखहरू एकै ठाउँमा...
आज लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफमा पुग्न जित्नैपर्ने दबाब
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजको महत्वपूर्ण खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। खेल त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी लायन्सले ६ खेलबाट ६ अंक जोडेको छ भने पुच्छरमा रहेको जकनपुरले ५ खेलबाट २ अंक मात्रै जोड्न...
‘गिरिबन्दु टी–स्टेट’ प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । ‘गिरिबन्दु टी–स्टेट’ जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। चितवनका सञ्चिव भट्टाईले उजुरी दर्ता गर्दै ओलीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार र सत्ता दुरुपयोग गरेको आरोप लगाएका छन्। उजुरीमा उल्लेख छ कि, ओली प्रधानमन्त्री हुँदा गरेका पटक–पटकका सरकारी निर्णयहरू व्यापारी दीपकुमार...









