कांग्रेस दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो

तु खबर संवाददाता
२०८२ पुष २८, सोमबार १८:१९

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल चलिरहेकाले महाधिवेशन निर्धारित समयभन्दा लम्बिएको हो ।

आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहे पनि हालसम्म निष्कर्षमा पुग्न नसकिएपछि बैठक मंगलबारसम्म लम्ब्याइएको विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य-सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमाथिको छलफल मंगलबार पनि निरन्तर चल्नेछ । छलफलबाट निष्कर्षमा पुगेपछि मात्र नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ ।

महाधिवेशन लम्बिँदा पार्टीको भावी कार्यदिशा र नेतृत्व संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।