बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ पुष २५, शुक्रबार ११:२६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोालामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँमा आइपुगेको छ।