समाचार
सुनका गहना चोरेको आरोपमा पक्राउ
पाल्पा । पाल्पामा सुनको गहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जनाएको छ । उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको...
कर्मचारीको आन्दोलनबारे छलफल गर्न बैठक आह्वान
काठमाडौं । संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल गर्न बैठक आह्वान गरिएको छ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरोकारवालासँग सो बारे छलफल गर्न बैठक आह्वान गरेका हुन् । बैठक राज्य व्यवस्था समितिको हलमा बस्ने गरी बोलाइएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । बैठकमा छलफलका लागि प्रतिनिधि...
पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
चितवन । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः संचालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
आईसीसी टी–२० विश्वकपः नेपाल बंगलादेशसँग पराजित
अमेरिका । आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । यससँगै नेपाल २०२४ को टि २० विश्वकपबाट बाहिरिएको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सफल भयो । बंगलादेश भने यो जितसँगै...
जंगली च्याउ खाँदा पाँच जना बिरामी
तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्कस्थित ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिरामी हुनेहरुमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ,...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया...
मकवानपुरमा चट्याङ लागेर पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरमा आज बिहान चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर २, थुम्की बस्ने वर्ष ४५ को बिर बहादुर प्रजा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ४ बजेको समयमा...
आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै
मकवानपुर । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक...
आज देशभर सार्वजनिक विदा
मकवानपुर । सरकारले आज असार ३ गते देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । प्रवक्ता भट्टराईले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (उल–अजहा) को अवसरमा उक्त सार्वजनिक विदा दिएको बताए । २०८० साल माघ...
हेटौंडाका महतको मृत्यु
मकवानपुर । बेहोस् अवस्थामा उद्दार गरिएको हेटौंडाका आकाश महतको मृत्यु भएको छ । हेटौंडा–१, निवासी ३२ वर्षीय महतको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो विरगंजबाट हेटौंंडा आएको ना ७ ख ३५७५ नम्बरको बसमा सवार...










