पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
चितवन । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः संचालनमा आएको छ ।
मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
