समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार धनकुटाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाल रहेका छन् । अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
नेप्से १८ दशमलव ७६ अंकले घट्यो
काठमाडौं । नेप्से सूचक मंगलबार १८ दशमलव ७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ० दशमलव ८९ प्रतिशतले घट्दै २ हजार ७६ दशमलव ४९ विन्दुमा झरेको हो । यस्तै, मंगलबार ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पश्चिम र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट अवैध लागूऔषध ५ ग्राम ५ सय मिलिग्रामसहित सोमबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...
आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुन सोमबारकै मूल्यमा कारोबार भएको हो । सोमबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा...
मकवानपुरका वाईबा पक्राउ
मकवानपुर । कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ नयाँगाउँ बस्ने ६१ वर्षीय वाईबालाई असार २ गते आइतबार आफ्नै घरबाट पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार,...
राष्ट्रिय सभा बैठक आह्वान
काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्ने गरी आह्वान गरिएको छ । बैठक बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि...
पहिरोको कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध
लमजुङ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानैदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको निरन्तर वर्षासँगै खसेको पहिरोका कारण उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार, सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी नरोक्किएकोले समस्या भइरहेको छ । सडक...
मौसम प्रतिकूलताका कारण लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प
सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण लुक्लामा पछिल्लो १० दिनदेखि हवाई उडान ठप्प भएको छ । लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेकोे...
हत्या गरेको आरोपमा तीन जना पक्राउ
बैतडी । पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेका छन् । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये भागरथीलाई घरबाटै, राजेन्द्र र...
आज यी प्रदेशमा वर्षा हुनेछ
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको...










