समाचार

सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहानै रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा हाल नम्वरको नखुलेको यात्रुबाहक बस ठोक्किँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा...

राष्ट्रिय सीप प्रमाणपत्र बितरण कार्यक्रम

मकवानपुर । उमेरले झण्डै ६ दशक हाराहारीमा रहेका हेटौंडा–४, निवासी हबिब मिया आफ्नो सीपको उचित मुल्यांकन भएकोमा खुशी देखिन्छन् । दुई दशकदेखि कन्स्ट्रक्सन मेशन डकर्मीको काम गर्दै आएका मियासंग सिटिभिटीको प्रमाण पत्र नहुन्जेलसम्म आफ्नो कामको मुल्यांकन नभएको महसुस गर्दै आएका थिए । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले सीपको परीक्षण...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी...

प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रमुख सचिव खड्काले बताए । उनका अनुसार, बैठकमा...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कञ्चनपुर र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभेट...

हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । कार्यक्रम बागमती प्रदेश युवा परिषद्को आयोजनामा बुधबारबाट सुरु भएको हो । कार्यक्रमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो क्रममा बोल्दै मन्त्री थपलियाले आफ्नो लक्ष्य...

मनहरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार १५ औं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको हो । सार्वजनिक नीति तथा कार्यक्रममा विपन्न परिवार र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आगामी आवबाट पालिकाले गरिव तथा विपन्न...

आन्दोलनका कारण प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । कर्मचारीहरूको आन्दोलनका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । यसअघि आज ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति...

प्रदेश सभाको बैठक भोलि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि असार ६ गते बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि...

भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन...