समाचार

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । टि–२० विश्वकपमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टिम बुधबार राति र बिहीबार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधवार राति १० बजे आएका थिए ।...

यस वर्षको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । बोर्डले पहिलो पटक मितिसहितको तालिका...

हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे पिपलबोटबाट प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको एकडाँडा गाउँपालिका वडा नम्वर ४ बस्ने २८ वर्षीय राम लोप्चन ठाकुर रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले...

बागमती प्रदेश सभामा कांग्रेसको अवरोध

मकवानपुर । प्रतिपक्ष दलहरुले बागमती प्रदेश सभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरुले संसद् अवरोध गरेका हुन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् । संसद्...

हाँडीखोला स्वास्थ्य चौकीमा डाक्टरसहितको सेवा

मकवानपुर । मनहरी गाउँपालिका वडा नं ३ को हाँडीखोला स्वास्थ्य चौकीमा डाक्टरसहितको सेवा सुरु भएको छ । बिहिबार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाले चिकित्सकीय सेवाको सुरुआत गरेको हो । मनहरी अस्पतालमा मात्र भएको सेवा सुविधालाई दुर्गम गाउँको स्वास्थ्य चौकीबाट पनि प्रवाह गर्ने लक्ष्यका साथ स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाइएको...

स्मृति दिवसमा पाँच वृद्ध सम्मानित

मकवानपुर । मीनबहादुर थपलिया स्मृती प्रतिष्ठानले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ का पाँच वृद्धलाई सम्मान गरेको छ । प्रतिष्ठानले १९ औं स्मृति दिवसको अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याएका ८० वर्ष उमेर माथिका वृद्धलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा क्रमशः ऋषिराम घिसीङ, डोलानाथ दुवाडी, प्रेम मोक्तान, देवन्द्रराज उपाध्याय र...

भरुवा बन्दुकले लागेर मकवानपुरका घलान घाइते

मकवानपुर । मकवानपुरमा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर १०, कोसिराङमा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय वर्ष ३१ को बिजय घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार,...

आज काठमाडौं–भरतपुर परीक्षण उडान गर्दै श्री एयरलाइन्स

चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गर्ने भएको छ । प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले जानकारी दिए । परीक्षण उडानको औपचारिक उद्घाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गर्ने कार्यक्रम रहेको छ । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक...

प्रतिनिधि सभा बैठकः आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि...

संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलन र उनीहरूको मागबारे सभामुख निवासमा छलफल भएको छ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच सो बारे छलफल भएको हो । कर्मचारी आन्दोलनबारे यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कानुन, न्याय तथा संसदीय मामिला...