समाचार

मकवानपुरमा एक युवक मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरमा सोमबार एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको थाहा नगरपालिका वडा नं.३ दहचोक बस्ने २८ वर्षीय अनुज खत्री मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, खत्री पालुङ डाँडावासभित्री सडकखण्डको सडक छेउको नालामा मृत अवस्थामा फेला परेका हुन्...

लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ३८ मिलिग्रामसहित सुनसरी बराहक्षेत्र नगरपालिका–५ बस्ने २४ वर्षीय विबेक राईलाई पक्राउ गरेको जनाएको छ । उनलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको...

आज दिनभर कस्तो रहला मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली...

तिनाउ खोलामा डुबेर ३ भारतीय नागरिकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर तीन भारतीय नागरिकको मृत्यु भएको छ । उक्त नदीमा डुबेर ३ दिनमा ३ जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक जना बालकसहित दुई जना पुरुष रहेका छन् । शनिबार, आइतबार र सोमबार गरी ३ दिनमा दैनिक एक जनाको...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ...

राष्ट्रपति पौडेल आज जेनेभा प्रस्थान गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले जेठ ३१ गते सामाजिक न्यायका...

नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढ्यो

काठमाडौं । सोमबार शेयर बजार उकालो लागेको छ । आज शेयर ८ दशमलव ९० अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार, आज झण्डै साढे ५ अर्ब हाराहारीको कारोबार भएको छ । नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी...

एमाले मकवानपुरको नवनिर्वाचित कमिटीद्वारा शपथ ग्रहण

मकवानपुर । नेकपा एमाले मकवानपुरको नवनिर्वाचित कमिटीका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले शपथ ग्रहण गराएका हुन् । सो क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमान र...

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशन जनकपुरमा सुरु भएको हो । महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएको जसपा नेपालले जनाएको छ । महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज पारित गरिने जनाइएको छ । यस्तै, महाधिवेशनबाट नयाँ नेतृत्वका लागि...

हेटौंडामा एक दिवसीय योग शिविर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक दिवसीय योग शिविर कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम निलगिरी बाल समूह कालिकाटोल हेटौंडा–८ को आयोजनामा गरिएको हो । कार्यक्रम कालिका टोल विकास संस्था हेटौंडा–८ कमानेको सह–आयोजनामा गरिएको हो । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ लाभको लागि योग शिविरको आयोजना गरिएको कालिका...