मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ मा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
भीमफेदी–भैस–हेटौडा सडकखण्डमा भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६१ प ७९३३ नम्बरको मोटरसाइकल र हेटौंडाबाट भीमफेदी तर्फ जाँदै गरेको विआर ०१ एचएफ ६८०४ नम्बरको भारतीय मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा ७९३३ नम्बरको मोटरसाइकल चालक भीमफेदी–५ अघौटे बस्ने २८ वर्षीय आकाश स्याङबो, ५३ वर्षीय शन्तबहादुर स्याङबो र भारतीय मोटरसाइकल चालक घर भारत भएका २६ वर्षीय मोहम्द मोनु रहेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अुसार, घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
