समाचार
हेटौंडामा मुस्लिम आयोगको अभिमुखीकरण कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विविध विषयक सशक्तिकरण तथा क्षमता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । उक्त अभिमुखीकरण कार्यक्रम शुक्रबार मुस्लिम आयोगको आयोजनामा भएको हो । कार्यक्रम बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रमा आले मगरको प्रमुख आतिथ्यता एवम् मुस्लिम...
बागमती प्रदेश सभा बैठक जारी
मकवानपुर । बागमती प्रदेश सभाको बैठक हाल जारी छ । प्रदेश सरकारको विनियोजित बजेटमाथिको छलफल गर्न आह्वान गरिएको बागमती प्रदेश सभा बैठक निर्धारित समयभन्दा झण्डै साढे ३ घण्टा ढिलो गरी सुरु भएको हो । नेपाली कांग्रेस, राप्रपालगायत प्रतिपक्ष दलको अवरोधका कारण बैठक समयमा नै बस्न नसकेको हो । बिहान...
थाहा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकरण
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ । शुक्रबार नगरपालिकाको १६ औं नगरसभामा नगर प्रमुख विष्णबहादुर विष्टले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिकरण गरेका हुन् । नगरपालिकाले कृषि, पशु, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगलाई प्राथमिकतामा राख्दै २ सय...
हेटौंडा उपमहानगरपालिकाको बजेट पारित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाले गत असार २ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट शुक्रबार बसेको १५ औँ अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाको आगामी आवको लागि कुल...
हेटौंडाबाट २ करोड ७१ लाखको भेपसहित पाँच जना पक्राउ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रहरीले २ करोड ७१ लाख २१ हजार ७ सय ८० रुपैयाँ बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरसहित पाँच जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित थानाभर्याङबाट बिहीबार साँझ सो परिमाणको भेप तथा फ्लेवरसहित उनीहरुलाई...
अज्ञात समूहद्वारा व्यवसायीमाथि खुकुरी प्रहार
काठमाडौं । ललितपुरको गोदावरीमा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात समूहले भैंसेपाटी घर भएका मनोज कुमार बानियाँमाथि खुकुरी प्रहार गरेका हुन् । बानियाँमाथि चार जनाको समूहले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, खुकुरी प्रहारबाट बानियाँको टाउको...
कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक हाल जारी छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा केहीबेर अघिबाट सुरु भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सम्बन्धमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकदे जानकारी दिए । उक्त बैठकले असार ९...
माल्टा पठाउँछु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा शुक्रबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ...
राप्रपा बकैयाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बकैया गाउँपालिका कार्यसमितिको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिध सभा सांसद एवम् राप्रपा केन्द्रीय सदस्य दिपक बहादुर सिंहको प्रमुख अतिथितामा सम्पन्न भएको हो । गाउँपालिका पदाधिकारीसहित विभिन्न संगठनका प्रतिनिधिहरुको लागि कार्यकर्ता...
लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको झापा गाउँपालिका–१ सालमारा झोलुङ्गे पुल बगानबाट अवैध लागूऔषध ब्राउनसुगर २० ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार पक्राउ गरेको...










