समाचार

मकवानपुरगढीमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई शनिवार अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालय परिसरमा शनिबार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति मकवानपुरका (जिसस) प्रमुख ललित घलानले पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरेका हुन् ।...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु्, एक गम्भीर घाइते

धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेर दुर्घटना हो । उक्त दुर्घटनामा परेर क्टर चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने...

आज राष्ट्रिय सभाको बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्ने भएकोे हो । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । यसअघि संघीय...

बाढीले बगाएर एक शिक्षकको मृत्यु

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय रहेका छन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन् । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले...

बाराबाट पक्राउ परे हेटौंडाका मुक्तान

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकबाट अवैध लागूऔषध गाँजासहित शनिबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय सुजन मुक्तान रहेका छन् । उनलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले करिब ३० किलोग्रामसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, अम्लेखगंजबाट वीरगंजतर्फ...

नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि बर्दियाका करण परियारले हात पारेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । उपाधिसँगै परियारले २५ लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन–५ मा...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ । त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेको...

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । साथै देशका बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया...

मकवानपुरका तीन युवा प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुरका तीन युवा प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं.५ ठुलो खोल्साबाट लागुऔषध गाँजासहित तीन जना युवालाई नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा हुनेहरुमा राक्सिराङ–८ बस्ने वर्ष २१ को अशोकलाल मोक्तान, सोही स्थान बस्ने वर्ष ३१ को दिपक मोक्तान र वर्ष ३५ को बुद्धिलाल...

आज माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे बानेश्वरमा बस्ने भएको हो । बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई...