आज राष्ट्रिय सभाको बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्ने भएकोे हो ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
यसअघि संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक पनि आज बस्ने भएको छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने भएको हो ।