बाढीले बगाएर एक शिक्षकको मृत्यु

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ ।
मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय रहेका छन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन् ।
शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही बाढीले बगाउँदा छ जना घाइते भएका छन् । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका हुन् ।