आज माओवादी संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे बानेश्वरमा बस्ने भएको हो ।
बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना रहेको छ ।