समाचार

१० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

काठमाडौं । हालै बढुवा भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी...

लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३, बाङ्गे बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगरसहित बिहीबार बिहान प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले ४५ ग्रामसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय दिवस भण्डारी, ४० वर्षीय अनिल राई, २४ वर्षीय संगम राई र मोरङ कानेपोखरी...

१३१ मेट्रिक टन रासायनिक मल नेपाल आयात हुने

काठमाडौं । सरकारले आगामी सिजनका लागि १३१ मेट्रिक टन रासायनिक मल आयात भइरहेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार रासायनिक मलको पछिल्लो विवरण सार्वजनिक गर्दै १३१ मेट्रिक बाटोमा रहेको जनाएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार, ५१ हजार मेट्रिक टन डीएपी विशाखापटमबाट नेपाल निर्यात हुँदैछ । सोबाट...

थोराङ्ला भञ्ज्याङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेका अनुसार, अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६...

वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा आपत्ति

काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकोमा सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वृद्ध भत्ता लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निर्णयप्रति सांसदहरूले आपत्ति जनाएका हुन् ।...

न्याय परिषद् बैठक आह्वान

काठमाडौं । न्याय परिषद् बैठक आह्वान गरिएको छ । बिहीबार अपराह्न बस्ने गरी परिषद्को बैठक आह्वान गरिएको हो । न्याय परिषद् सचिवालयका अनुसार, बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेण्डा तय गरिएको छ । परिषद् सचिवालयले आजको बैठकमा सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल हुने र सकेसम्म...

ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

कास्की । कास्कीबाट सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बुधबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् । उनीहरूले पोखरा महानगरपालिका–८ सृजनाचोकमा...

नेप्से सूचक ९ दशमलव ३२ अंकले घट्यो

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, आज ९ दशमलव ३२ अंकले नेप्से सूचक घटेको हो । आज शेयर बजारमा गिरावट आएपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको भएको छ । १ करोड...

स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना

मकवानपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । पार्टीले बुधबार जिल्लाको हेटौंडामा रक्तदान कार्यक्रम र पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सो पार्टीले बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको...

हेटौंडा सिमेन्टका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । केहीदिन अघि अध्यक्षमा नियुक्त भएका भण्डारीले बुधबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले कर्मचारी, मजदुर, सरोकारवाला पक्षको साथ र सहयोगमा उद्योगलाई सुचारु गर्ने र प्रतिस्पर्धी बजारमा उद्योगलाई...