समाचार

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा विजयी

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन् । अर्का प्रतिस्पर्धी हिरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । काउछाले ३८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एसीले २०२ मत प्राप्त गरेका थिए । गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते...

बिहानै सवारी दुर्घटना हुँदा २० जना घाइते, पाँचको अवस्था गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहानै सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रीबस र विपरित दिशातर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त नदी किनारमा खस्दा २० जना घाइते भएको...

यी प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको केही प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, आज वन तथा वातावरण मन्त्रालय, खानेपानी...

नेपाल प्रहरीका ४ जना एसएसपीहरूको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको पदस्थापन गरिएको छ । जेठ २९ मा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय अनुसार, श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी...

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण आयोजना सम्पन्न, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

मकवानपुर । हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ । नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४००...

करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

विराटनगर । मोरङमा लुगा धुनेक्रममा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जहदा गाउँपालिका–१ झैलाचोकमा मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीलाई उपचारका लागि विराटनगरको मकालु अस्पतालमा लगिएकोमा...

मकवानपुरसहित २८ जिल्लामा वृद्धा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धा भत्ता) नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मकवानपुरसहित २८ जिल्लामा वृद्धा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । ती जिल्लाहरुमा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य...

स्वदेश फर्कियो नेपाली फुटबल टोली

काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली आज (बिहीबार) स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम् गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए । नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ...