हेटौंडाका एक वृद्ध मृत फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सिमलटारका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय ८० वर्षीय वृद्ध खड्गबहादुर राई आइतबार राप्ति नदीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, राई पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । मुचुल्का पश्चात उनको शव आफन्तको जिम्मा लगाइएको छ ।