हेटौंडाका कृषकलाई अनुदानको सामग्री हस्तान्तरण

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार १०:३२

मकवानपुर । पछिल्लो समय दुग्ध उत्पादन जोडिएका मकवानपुरको हेटौंडा–१३ पदमपोखरीका कृषकहरुलाई अनुदानको सामग्री हस्तान्तरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–०८१ मा स्वीकृत वार्षिक प्रदेश सरकारबाट हस्तान्तरित आर्यक्रम (शसर्त अनुदान) बाट पशु पालनमा रहेका किसानहरुलाई समग्री हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा गाई प्रबद्र्धन कार्यक्रम अन्तरर्गत ५० प्रतिशत अनुदानमा सामग्री कार्यक्रम अन्तरगत पशुपालनका लागि आवश्यक सामग्री एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा पशुमा लाग्ने विभिन्न लम्पि, खोरेत रोगको संक्रमणको समयमा आवश्यक हुने स्प्रे पम्प, काउ म्याट, घाँस काट्ने मेसिन, गाई नुहाउँने मेसिन, पानी टंकीसहितको सामग्री ८२ जना पशुपालक किसानहरुलाई बितरण गरिएको हो ।

आधाभार कृषक समुहका अध्यक्ष फेन्चु लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा हेटौंडा–१३ का अध्यक्ष पेम्बा लामा, वडा सचिव केशब बोहरा, वडा सदस्यहरु सानुमाया नेपाली, उत्तम गोम्जा, दावा लामा, पशु सेवा केन्द्र हेटौंडा–१३ का प्रमुख प्रदिप शाह, पशु प्राविधिक कविता चौलागाईँ लगायतको आतिथ्यता रहेको थियो ।