मकवानपुरका ७ पालिकाले आज बजेट प्रस्तुत गर्दै

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार १०:४३
file-photo

मकवानपुर । मकवानपुरका ७ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दैछन् ।

जिल्लाका ७ वटा गाउँपालिकाले आगामी आवको लागि सोमबार अनुमानित बजेट प्रस्तुत गर्ने भएको हो ।

आज जिल्लाको भीमफेदी, कैलाश, राक्सिराङ, मकवानपुरगढी, मनहरी, बकैया र बागमती गाउँपालिकाले विनियोजित बजेट सार्वजनिक गर्न लागेको हो ।

जिल्लामा १० मध्ये ३ स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । जसमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका रहेका छन् ।