समाचार

टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले उक्त माग गरेका हुन् । सांसद् शाहले अहिले पनि ५० लाखभन्दा बढी व्यक्तिले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेको अनौपचारिक तथ्याङ्क...

लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न जिल्लाबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, झापा, कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१५ बसपार्कबाट खैरो हेरोइन करिब १ सय २ ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको...

प्रधानमन्त्रीद्वारा हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाको सबस्टेशन उद्घाटन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौंडा सबस्टेसनको उद्घाटन गरेका छन् । नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज एक कार्यत्रमबीच प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको...

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुन प्रतितेला ४ सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा...

जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार साँझ एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, तामाङमाथि ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक...

दुई जना मृत अवस्थामा फेला

काठमाडौं । देशको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । रुपन्देही र रौतहट जिल्लामा दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु मृत अवस्थामा भेटिएका छन् । थारु सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा...

मकवानपुरबाट एक क्विन्टल गाँजा बरामद

मकवानपुर । मकवानपुरबाट शुक्रबार बिहान प्रहरीले एक क्विन्टल  लागूऔषध गाँजा बरामद भएको छ । जिल्लाको थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उक्त गाँजा इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार,...

मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रदेशको दोस्रो आवधिक योजना ०८१–०८२ देखि ०८५–०८६ स्वीकृत गर्ने...

बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव प्रस्तुत हुने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार,...

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

विराटनगर । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना...