समाचार

दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा शनिबार ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले...

जडीबुटी खोज्ने क्रममा लडेर पुरुषको मृत्यु

काठमाडौं । सिन्धुलीमा जडीबुटी खोज्ने क्रममा लडेर एक पुरुषको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मरिण गाउँपालिका–२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले कोशी र मधेस प्रदेशमा साधरणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि...

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । त्यसैगरी, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति...

गाँजाको वैधानिकताका लागि युवाद्वारा अभियान सुरु

मकवानपुर । गाँजा खेतीको वैधानिकताका लागि मकवानपुरका युवाहरुले अभियान सुरु गरेका छन् । शनिबार मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा युवाहरुले जनप्रतिनिधिसहितको भेला आयोजना गरी गाँजाखेतीको वैधानिकताका लागि स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् । लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा व्यवसायी राजेश...

नेपालका राष्ट्रपति पौडेल जर्मनीमा

बर्लिन । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि शनिवार राति राजधानी बर्लिन पुगेका छन् । राष्ट्रपति पौडेललाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति...

बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो । आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको तर्फबाट उक्त बजेट प्रस्तुत गरेका...

बागमती बजेटः कानून मन्त्रालयका लागि ४४ करोड विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि ४४ करोड विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

बागमती बजेटः भौतिक पूर्वाधार मन्त्रालयलाई २२ अर्ब ६४ करोड

मकवानपुर । बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको लागि २२ अर्ब ६४ करोड विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

शून्य प्लास्टिक जन्य पदार्थ अभियानको लागि १ करोड ६१ लाख

मकवानपुर । बागमती प्रदेश सरकारले ‘बागमती प्रदेश शून्य प्लास्टिक जन्य पदार्थ’ अभियान संचालनको लागि १ करोड ६१ लाख विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । मन्त्री थपलिायले प्लास्टिकजन्य...