समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया...

मकवानपुरमा चट्याङ लागेर पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरमा आज बिहान चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर २, थुम्की बस्ने वर्ष ४५ को बिर बहादुर प्रजा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ४ बजेको समयमा...

आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

मकवानपुर । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक...

आज देशभर सार्वजनिक विदा

मकवानपुर । सरकारले आज असार ३ गते देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । प्रवक्ता भट्टराईले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद  (उल–अजहा) को अवसरमा उक्त सार्वजनिक विदा दिएको बताए । २०८० साल माघ...

हेटौंडाका महतको मृत्यु

मकवानपुर । बेहोस् अवस्थामा उद्दार गरिएको हेटौंडाका आकाश महतको मृत्यु भएको छ । हेटौंडा–१, निवासी ३२ वर्षीय महतको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो विरगंजबाट हेटौंंडा आएको ना ७ ख ३५७५ नम्बरको बसमा सवार...

हेटौंडामा सहकारी शिक्षा विस्तारित मञ्च कार्यक्रम

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा एक दिवसीय सहकारी शिक्षा विस्तारित मञ्च कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको हो । सहकारीले हेटौंडा–११ मा रहेको ४ वटा टोल विकास संस्थालाई लक्षित गरी सहकारी बारे जानकारी दिएको...

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, दारीमटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ त ४३७६ नम्वरको ट्याक्टरले हेटौंडातर्फबाट नेवारपानीतर्फ जाँदै गरेको बा ७० प ७१८९ नम्वरको मोटरसाइकललाई...

हेटौंडा उपमहानगरद्वारा २ अर्ब ४३ करोडको बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको आइतबार बसेको १५ औं नगरसभा बैठकमा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले उक्त बजेट सार्वजनिक गरेका हुन् । उपमहानगरले पूर्वाधार क्षेत्र विकास तर्फ ८८...

दोहोरो अकंले घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ दशमलव ०४ अकंले घटेर २ हजार ९५ दशमलव २५ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच भएको छभने ५...

श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धनुषा । धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादव रहेका छन् । उनलाई आफ्नै ३६ वर्षीया श्रीमती रूबी यादवको हत्या गरेको आरोपमा शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर...