समाचार

अखिल क्रान्तिकारीको सम्मेलन आज, अध्यक्षमा ५ जनाको दावी

मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको २३ औं सम्मेलन आज असार १४ गते हेटौंडामा हुने भएको छ । सम्मेलन हेटौंडाको पल्पसा होटलमा भोलि विहान ११ बजेबाट सुरु हुने अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए । उनका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । सम्मेलनको उद्घाटन सत्रमा...

बागमती प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८१-०८२ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बिहीवार...

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, भूकम्प ४ दशमलव २ म्याग्निच्युडको थियो । भूकम्पले क्षति पुगेको विवरण भने आउन बाँकी छ ।

अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनः अध्यक्षमा ५ जनाको दावी

मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको २३ औं सम्मेलन भोलि असार १४ गते हेटौंडामा हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत् भोलिको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो । सम्मेलनको उद्घाटन सत्रमा अखिल क्रान्तिकारीका केन्द्रीयस्तरका नेताहरु, बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी,...

१२ राजनीतिक दलद्वारा मदन भण्डारी प्रतिष्ठानको वार्षिकोत्सव बहिष्कार

मकवानपुर । मकवानपुरमा क्रियाशील १२ वटा राजनीतिक दलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने भएको छ । प्रतिष्ठानले शुक्रबार हेटौंडामा चौथो वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा जिल्लामा क्रियाशील राजनीतिक दलले विरोधस्वरुप कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन् । दलहरुले बिहीबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पताललाई...

बागमती प्रदेश सभाको बैठक जारी, बजेट पारित गर्ने तयारी

मकवानपुर । बागमती प्रदेश सभाको बैठक हाल जारी छ । अपराह्नबाट सुरु भएको बैठकमा प्रदेश सरकारको विनियोजित विधेयक अन्तरगत मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिइरहेका छन् । छलफलमा सहभागी प्रदेश सभाका सदस्यहरुले उठाएका राष्ट्रिय सरोकार एवम् विभिन्न मन्त्रालयले तर्जुमा गरिएको नीति, कार्यक्रम र बजेट बाँडफाडलाई लिए उठेको...

हेटौंडामा मुख्य न्यायाधिवक्ताहरुको प्रथम सम्मेलन सुरु

ममकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्य न्यायाधिवक्ताहरुको प्रथम सम्मेलन सुरु भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडाद्वारा आयोजित सम्मेलन बिहीबारबाट सुरु भएको हो । शुक्रबारसम्म हुने उक्त सम्मेलन बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालको सभाध्यक्षतामा उद्घाटन भएको हो । सो क्रममा बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले कानुन...

पाठेघरको मुख तथा स्तनको क्यान्सरबारे अन्तरक्रिया

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्वास्थ्य मन्त्रालय अन्तरगत राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र र सञ्जीवनी हेल्थ मिडियाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलालले प्रदेशमा पाठेघरको...

नेप्से सूचकमा गिरावट, ३ अर्ब ७१ करोड मात्रै

काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से ८ दशमलव २४ अंकले घट्दै २ हजार ५१ दशमलव ९२ बिन्दुमा झरेको छ । अघिल्लो दिन नेप्से सूचक ११ दशमलव ६० अंकले घट्दै २ हजार ६० दशमलव १६ बिन्दुमा अडिएको...

हेटौंडाबाट मुक्तान र स्याङ्तान पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक पोईन्टबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पनेहरुमा ट्रक चालक चितवनको राप्ति नगरपालिका–२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तान र राप्ति–१ लोथर बस्ने २० वर्षीय अनिल भन्ने धनबहादुर स्याङ्तान रहेको प्रहरीले जनाएको छ । प्रहरीका...