समाचार

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, नुवाकोट, कैलाली, सुनसरी, सुर्खेत, बाग्लुङ, झापा, बाजुरा र काठमाडौं जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ३ सय १० मिलिग्रामसहित...

टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । गुम्बाका अध्यक्ष चन्द्रबहादुर लोको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शुक्रबार टसी मोलम गुम्बाको नवनिर्मित गुम्बा भवन उद्घाटन गरेका हुन् । नेता बानियाँ संस्कृति पर्यटन मन्त्री हुँदा...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्ने गरी बोलाइएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । बिहीबार राती साढे ११ बजेसम्म संचालन भएको प्रदेश सभामा सभामुख भुवनकुमार पाठकले बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरेका हनु् । आज बस्ने...

दुई हजार ३३६ विदेशीले पाए नेपालमा काम गर्ने अनुमति

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) प्रदान गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सरकारले चालु आव २०८०–०८१ को गत साउन महिनादेखि जेठ महिनासम्ममा उक्त संख्यामा विदेशी नागरिकलाई अनुमति लिएर काम...

मकवानपुरका झण्डै २१ सय विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका झण्डै २१ सय विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार, जिल्लाका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका हुन् । मकवानपुरका ५ हजार ७ सय ५२ परीक्षार्थी...

कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा आज बिहानै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, बिहान करिब साढे २ बजे बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार छमछमे खोलाको...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी डाकिएको हो । सो बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा...

हेटौंडाकी छत्कुली भइन् जिल्ला प्रथम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलमा अध्ययनरत छात्रा रितिका छत्कुली एसईई परीक्षामा मकवानपुर जिल्ला प्रथम भएकी छन् । हेटौंडा–२, निवासी छत्कुलीले बिहीबार सार्वजनिक एसईई परीक्षाको नतिजा अनुसार ४ जीपीए ल्याएर जिल्लाकै प्रथम बनेको शिक्षा विकास तथा समन्वय इकाईं मकवानपुरले जनाएको छ । उनी...

आज जननेता मदन भण्डारीको जन्मजयन्ती मनाइँदै

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको आज ७३ औँ जन्मजयन्ती मनाइँदैछ । विविध कार्यक्रम गरी आज देशैभर स्व. जननेता भण्डारीको जन्मजयन्ती मनाइने भएको हो । विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले...

यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मौसमम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...