हेटौंडाकी छत्कुली भइन् जिल्ला प्रथम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलमा अध्ययनरत छात्रा रितिका छत्कुली एसईई परीक्षामा मकवानपुर जिल्ला प्रथम भएकी छन् ।
हेटौंडा–२, निवासी छत्कुलीले बिहीबार सार्वजनिक एसईई परीक्षाको नतिजा अनुसार ४ जीपीए ल्याएर जिल्लाकै प्रथम बनेको शिक्षा विकास तथा समन्वय इकाईं मकवानपुरले जनाएको छ ।
उनी जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ७ सय ५२ जनामध्ये उत्कृष्ट भएकी हुन् । उनी देशभरको सर्वोत्कृष्ट १८६ विद्यार्थीमध्ये समेत पर्न सफल भएकी हुन् ।
