समाचार

राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत

काठमाडौं । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष २०८१-०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । सो बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची जनाइएको छ । त्यस्तै, सभामुखले विषयगत समितिहरूमा...

फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु घर भएका ३९ वर्षीय लिलेन्द्र श्रेष्ठ ‘श्याम’ रहेका छन् । काठमाडौं जिल्ला अदालतले २०६२ भदौमा ११ महिना ५ दिन कैद फैसला गरेपछि श्रेष्ठ फरार रहेका उनलाई पक्राउ गरेको प्रहरीले जनाएको...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, भाउ घटेसँगै आज छापावाल सुन तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको...

अशोक राई नेतृत्वको जसपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज बिहान १० बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा छलफल हुनेछ । पार्टीको आन्तरिक विषयवस्तुमा समेत छलफल हुने बताइएको छ...

एसईई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज बिहान एसईईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको बोर्डले जनाएको छ । जसमा १८६ जनाको ४ जिपिए ल्याएका छन्...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै, बजेट पारित गर्ने तयारी

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बिहान ११ः३० बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको...

भीमफेदीबाट लागूऔषध गाँजा र ट्रकसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १, सामरी पुल नजिकै भित्री सडकखण्डबाट आज बिहान लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने अन्दाजी ५१ वर्षीय पुर्णबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रुम्बालाई विशेष सुचनाको आधारमा बागमती...

रुसी सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु

दमौली । रुसी सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको हो । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका...

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र बागमती र मधेस प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । साथै आज देशभर साधरणतयादेखि...