आज जननेता मदन भण्डारीको जन्मजयन्ती मनाइँदै

तु खबर संवाददाता
२०८१ असार १४, शुक्रबार ०८:५६

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको आज ७३ औँ जन्मजयन्ती मनाइँदैछ ।

विविध कार्यक्रम गरी आज देशैभर स्व. जननेता भण्डारीको जन्मजयन्ती मनाइने भएको हो ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो ।