मदन भण्डारी फाउण्डेशन मकवानपुरद्वारा २० जनाको सदस्यता खारेज

तु खबर संवाददाता
२०७९ असार २२, बुधबार ०९:०१

मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले २० जनाको सदस्यता खारेज गरेको छ । सोमबार फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले फाउण्डेशन बिरोधी गतिविधि गरेको भन्दै २० जनालाई कारबार्ही गर्दै सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले बलराम फुयाल, किशोर टण्डन, गणेश बहादुर रसाईली, लोकनाथ पाण्डे, शिवनाथ चौधरी, धुब्र भुजेल, मिना लामा, गायत्री सुवेदी, उद्धब प्रसाद सापकोटा, सत्यनारायण मण्डल, पुरुषोत्तम आचार्य, रामचन्द्र दाहाल, हिमप्रसाद पौडेल, सुकराम केसी, पारस पाठक, यादवप्रसाद गौतम, गौतम केसी, धन मुक्तान र किरणमान बलको सदस्यता खारेज गरेको फाउण्डेशनका अध्यक्ष खुलालले जानकारी दिए ।

यस्तै बैठकले ७१ औं मदन जयन्तीका अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रमको समिक्षा गरेको छ । ७१औं मदन जयन्तीमा आयोजित सबै कार्यक्रमहरु प्रभावकारी भएको भन्दै सहयोग र संयोजन गर्ने सबैमा बैठकले धन्यवाद समेत व्यक्त गर्ने निर्णय गरेको छ ।