हेटौंडाबाट मुक्तान र स्याङ्तान पक्राउ

तु खबर संवाददाता
२०८१ असार १३, बिहीबार १५:५८
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक पोईन्टबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पनेहरुमा ट्रक चालक चितवनको राप्ति नगरपालिका–२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तान र राप्ति–१ लोथर बस्ने २० वर्षीय अनिल भन्ने धनबहादुर स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चितवनबाट पथलैयातर्फ जादै गरेको ना.५ ख १११८ नम्बरको डिब्बा ट्रकलाई रोकी चेकजाच गर्दा १५५ किलो गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये मुक्तान ट्रक चालक हुन् भने स्याङ्तान ट्रकमा सवार हुन् । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।