लमजुङ पहिरो अपडेटः बेपत्ता ४ जना मृत अवस्थामा फेला
लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका चारै जना मृत अवस्थामा भेटिएका छन् ।
पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । बेपत्ता उनीहरुको प्रहरी र स्थानीयले भग्नावशेषबाट शव निकालेको हो ।
