एसईईको नतिजा भोलि बिहान प्रकाशन गरिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान प्रकाशन गरिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले एसईईको नतिजा बिहीबार बिहान ९ बजे प्रकाशन गर्न लागेको जानकारी दिए ।
उनका अनुसार, त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक आह्वान गरिएको छ ।
बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार प्रकाशन गर्न लागेको हो ।
