एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
डडेल्धुरा । डडेल्धुराबाट एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ पक्राउ छन् ।
पक्राउ पर्नेमा पर्शुराम नगरपालिका–१ जोगबुढा घर भई आलिताल गाउँपालिका–३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्ने ५५ वर्षीय भोज नाथ रहेका छन् ।
उनलाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा पुगेको टोलीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
