नेप्से परिसूचकमा गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्था बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेको हो ।
मंगलबार ५ दशमलव ६० अंकले बढेको नेप्से सूचक बुधबार ० दशमलव ५६ प्रतिशतले घट्दै २ हजार ६० दशमलव १६ विन्दुमा झरेको हो ।
बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा माथिको ८७ लाख २७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेका अनुसार, बुधबार फाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ्ग समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।
५७ कम्पनीको सेयर मूल्य बढ्दा हाज १८६ कम्पनीको मूल्य घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको जनाइएको छ ।