लागूऔषध ब्राउनसुगरसित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार बिहान एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्नेहरू बर्दिया गेरूवा गाउँपालिका–६ घर भएका १९ वर्षीय भरत बोहोरा र मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका २६ वर्षीय तुलाराम चौधरी रहेका छन् ।
उनीहरु लागूऔषध ब्राउनसुगर २४ ग्राम ९१ मिलिग्राम, मोबाइल ५ थान, १९ हजार नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँसहित पक्राउ परेका हुन् ।
उनीहरूले लागूऔषध खरिद बिक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
साथै प्रहरीले भरत बोहोराले प्रयोग गरेको बा.९० प ४२९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका उनहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।