बाल यौन दुरुपयोगमा दोषी ठहर भए रामबहादुर बम्जन
काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् ।
सोमबार सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
उनको हकमा सजाय भने पछि निर्धारण गरिने जनाइएको छ ।
