मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार ०९:०५
file photo

मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा आइतबार जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । तीमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा स्थानीय बलबहादुर प्रजा रहेका छन् । उनको चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा आइतबार राति नै मृत्यु भएको हो ।

यस्तै, जंगल च्याउ खाँदा मृतक बलबहादुरको श्रीमती ४५ वर्षीया जालिमाया प्रजा, छोरी वर्ष १५ की रेन्जु प्रजा, वर्ष ८ की सविना प्रजा र छोरा वर्ष १० को सुशल प्रजा बिरामी भएका छन् ।

उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको र अवस्थामा मध्यम रहेको जनाइएको छ ।