राष्ट्रिय तथ्यांक कार्यालयमा १८० जना करार कर्मचारी माग

तु खबर संवाददाता
२०८३ असार २२, सोमबार १२:१२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयले बढीमा ४ महीनाको करार अवधि तोकेर १८० जना कर्मचारी माग गरेको छ।

कार्यालयले कोडर पदमा ६० जना माग गरको छ भने डाटा इन्ट्री अपरेटर पदमा १२० जना माग गरेको छ। कोडरका लागि स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने डाटा इन्ट्रीका लागि प्लसटू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।

यसमा लिखित परीक्षा दिइरहनु नपर्ने कार्यालयले जनाएको छ। कोडरका लागि सर्टलिस्ट र सिधैं अन्तर्वाता हुनेछ भने डाटा इन्ट्रीका लागि सर्टलिस्ट, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता हुनेछ। तलब सुविधा काम गरे अनुसार हुनेछ।

योग्य तथा इच्छुक व्यक्तिले साउन ४ गतेभित्र दरखास्त फाराम भरी राष्ट्रिय तथ्यांक कार्यालयमा पेश गर्नु पर्नेछ। राष्ट्रिय आर्थिक गणना, २०८२ का गणक तथा सुपरीवेक्षक पदको कार्य अनुभव भएकाले प्राथमिकता पाउनेछन्।