गाँजासहित एक जना पक्राउ
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले करिब ६ सय १५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका–६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई गएराति पक्राउ गरेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
रिहरपुरगढी गाउँपालिका–७ चिसापानीस्थित गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा गोठको तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।