हेटौंडा–११ मा सडक बिस्तार र दुर्घटनाबारे अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार ०९:५४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा सडक बिस्तार र सडक दुर्घटनाबारे अन्तरक्रिया कार्यक्रम भएको छ ।

सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ को आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षता एमव् हेटौंडा–११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा सरोकारवालाहरुले राजमार्ग सानो, साँघुरो भएकोले सडक दुर्घटना बढिरहेको कुरामा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक केशव अधिकारी, समुदायिक सेवा केन्द्रका पुर्व अध्यक्ष शालिकराम पुडासैनीलगायतकाको आतिथ्यता रहेको थियोे ।