शैक्षिक अनुसन्धानमूलक लेख-लेखन कार्यशाला सम्पन्न
मकवानपुर । विश्वविद्यालय तहमा प्राध्यापनरत् प्राध्यापकहरुका लागि शैक्षिक अनुसन्धानमूलक लेख–लेखन कार्यशाला सम्पन्न भएको छ ।
हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा बिहीबारबाट सुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको हो ।
कार्यक्रम हेटौंडा क्याम्पसको अनुसन्धान इकाईका संयोजक विजय नेपालको सभाध्यक्षता तथा हेटौंडा क्याम्पस संचालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यशालाको समापनको अवसरमा कार्यशालामा सहभागी समूहका प्रतिनिधिले शैक्षिक अनुसन्धानमूलक कार्यशालामा तयार पारिएका लेखहरुको सार प्रस्तुत गरेका थिए ।
कार्यशालालाई डा. शंकरप्रसाद उपाध्यक्ष, डा. लोकराज शर्मा, डा. रामप्रसाद अधिकारी, डा. विजय नेपाल, डा. देवचन्द्र मानन्धर र डा. राजु थापा क्षेत्रीले सहजीकरण गरेका थिए ।
समापन समारोहमा हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामाको पनि आतिथ्य रहेको थियो ।
