ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु्, एक गम्भीर घाइते

धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेर दुर्घटना हो ।
उक्त दुर्घटनामा परेर क्टर चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि लालरत्न अस्पताल लम्की पुर्याइएको थियो । त्यहा उपचार सम्भव नभएपछि थप उपचारको लागि टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर ट्याक्टरमा सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका छन् । घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।