बाराबाट पक्राउ परे हेटौंडाका मुक्तान

तु खबर संवाददाता
२०८१ असार १०,आईतवार ०९:५४

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकबाट अवैध लागूऔषध गाँजासहित शनिबार बिहान एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय सुजन मुक्तान रहेका छन् ।

उनलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले करिब ३० किलोग्रामसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, अम्लेखगंजबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३–००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई उक्त गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।