कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक हाल जारी छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा केहीबेर अघिबाट सुरु भएको हो ।
बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सम्बन्धमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकदे जानकारी दिए ।
उक्त बैठकले असार ९ मा बजेट पारित हुने दिन आफ्ना सबै सांसदलाई संसदमा उपस्थिति हुन निर्देशन दिने उनको भनाई छ ।