समाचार

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी प्रणालीको प्रभाव रहेको र कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश रही लुम्बिनी प्रदेशका पूर्वी भू–भागसम्म फैलिएको जनाएको छ । महाशाखाका अनुसार, देशका बाँकी भू–भागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया...

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदैछ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका...

१५ करोडको कोकिनसहित चार विदेशी नागरिक पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३० वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी...

ट्याक्टर दुर्घटनामा परेर युवकको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्री रहेका छन् । आज चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणका लागि ढुङ्गा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्याक्टर...

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

मलंगवा । सर्लाहीको बरहथवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–१० का २१ वर्षीय आबोध ठाकुर रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । ठाकुर बरहथवा नगरपालिका–५ स्थित नेपाल टेलिकमको कार्यालयमा ज्याला मजदुरीको काम गर्दै आएका थिए । उनलाई कार्यालयकै काम गर्ने क्रममा करेन्ट...

पत्रकारलाई न्यूनतम पारिश्रमिक दिन अध्यक्ष खड्काको आग्रह

मकवानपुर । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न आग्रह गरेकी छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा आज हेटौंडामा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र संशोधन विषयक विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले न्यूनतम पारिश्रमिक दिन नसक्ने...

मकवानपुरका किसानलाई पशु औषधी जन्य सामाग्री हस्तान्तरण

मकवानपुर । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एन.एल.एस.आई.पी) हेटौंडा कार्यालयले मकवानपुरका किसानहरुलाई पशु औषधी जन्य सामाग्री हस्तान्तरण गरेको छ । बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चौकीटोलमा रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको कार्यालय हलमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका २२ जना किसानहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो...

कांग्रेससहित प्रतिपक्ष दलको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित

मकवानपुर । नेपाली कांग्रेससहित प्रतिपक्ष दलको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेपछि बैठक स्थगित गरिएको हो । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले...

हत्या गरेको अभियोगमा पक्राउ

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१० धरमपुर बस्ने ३५ वर्षीय गेनिलाल सदाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले सदाकै मामा शिवु सदाको छोरा २८ वर्षीय संजय सदालाई बुधबार बिहान पक्राउ गरेको जनाएको छ । उनीहरू बिच सामान्य वादविवाद भई कुटपिट हुँदा संजयले बाँसको लठ्ठी प्रहार गर्दा...