ट्याक्टर दुर्घटनामा परेर युवकको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्री रहेका छन् ।
आज चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणका लागि ढुङ्गा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटनाम हुँदा उनी गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरूमा चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, १२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीय कल्पना वली, ४३ वर्षीय शरद शर्मा, चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाईं र २) वर्षीय विकास कुमाईं रहेका छन् ।
ट्याक्टर सडकदेखि झन्डै ८० मिटर तल खसेको थियो ।