हत्या गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ असार ६, बिहीबार १६:२२

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१० धरमपुर बस्ने ३५ वर्षीय गेनिलाल सदाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले सदाकै मामा शिवु सदाको छोरा २८ वर्षीय संजय सदालाई बुधबार बिहान पक्राउ गरेको जनाएको छ ।

उनीहरू बिच सामान्य वादविवाद भई कुटपिट हुँदा संजयले बाँसको लठ्ठी प्रहार गर्दा गेनिलाल गम्भीर घाइते भएका थिए । गेनिलालको उतिम लाल अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

संजयलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।